२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • काठमाडौं उपत्यकाका मसाज सेन्टरहरूमा प्रहरीको छापा,...

काठमाडौं उपत्यकाका मसाज सेन्टरहरूमा प्रहरीको छापा, २५८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं उपत्यकाका मसाज सेन्टरहरूमा प्रहरीको छापा, २५८ जना प्रहरी नियन्त्रणमा

सहर्ष न्युज
आइतवार, बैशाख २० २०८३
सहर्ष न्युज
आइतवार, बैशाख २० २०८३
  • काठमाडौं : प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न मसाज सेन्टरहरूमा छापा मार्दै २५८ जनालाई नियन्त्रणमा लिएको छ। ठमेल, बौद्ध तथा ललितपुरका विभिन्न स्थानमा सञ्चालनमा रहेका मसाज सेन्टरहरूमा गरिएको अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नियन्त्रणमा लिइएकामध्ये २४० जना महिला र १८ जना पुरुष रहेका छन् ।

    प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। कसलाई मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा विस्तृत छानबिन जारी रहेको कार्यालयले जानकारी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend