२०८३ भाद्र २९ गते सोमवार

images

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

सहर्ष न्युज
आइतवार, बैशाख २० २०८३
सहर्ष न्युज
आइतवार, बैशाख २० २०८३
  • काठमाडौं : सम्पत्ति शुद्धीकरण कसुरमा अभियोग लागेका रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले सफाइ दिएको छ।

    गत ८ वैशाखमा न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले अभियोग पुष्टि नहुने ठहर गर्दै बम्जनलाई सफाइ दिएको हो।

    यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो। सो क्रममा ठूलो परिमाणमा रकम बरामद भएपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान गरी मुद्दा दायर गरिएको थियो।

    बम्जनमाथि बाल यौन दुर्व्यवहार तथा व्यक्तिलाई बेपत्ता पारेको आरोपमा पनि छुट्टाछुट्टै मुद्दा चलाइएको थियो। उच्च अदालत जनकपुरले भने २०८१ साल चैत ६ गते बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा उनलाई सफाइ दिएको थियो, जसपछि उनी कारागारबाट रिहा भएका थिए।

    यसअघि जिल्ला अदालत सर्लाहीले २०८१ साल असार १७ गते बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना सुनाएको थियो। उक्त फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

    बम्जनमाथि सिन्धुपाल्चोकस्थित आश्रमबाट एक अनुयायी बेपत्ता पारेको आरोपसमेत लागे पनि सो मुद्दा हालसम्म अदालतमा दर्ता भएको छैन।

    उनीमाथि विभिन्न मुद्दा चलिरहेका बेला लामो समयसम्म फरार रहेका बम्जनलाई सीआईबीले २०८० पुस २४ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend