२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • मेची भन्सारबाट अलैँची निर्यातमा ४१.५८% वृद्धि,...

मेची भन्सारबाट अलैँची निर्यातमा ४१.५८% वृद्धि, १० अर्ब ७० करोड सात लाख १८ हजारको कारोबार

मेची भन्सारबाट अलैँची निर्यातमा ४१.५८% वृद्धि, १० अर्ब ७० करोड सात लाख १८ हजारको कारोबार

सहर्ष न्युज
शनिवार, बैशाख १९ २०८३
सहर्ष न्युज
शनिवार, बैशाख १९ २०८३
  • काठमाडौँ : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेर रु १० अर्ब ७० करोड सात लाख १८ हजार पुगेको छ।

    कार्यालयका अनुसार चालु आवको नौ महिनामा कुल पाँच हजार २९५.२५० मेट्रिक टन अलैँची निर्यात गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने रु छ अर्ब २५ करोड १२ लाख ६१ हजारबराबरको मात्र अलैँची निर्यात भएको थियो।

    यता, चियाको निर्यात भने घटेको छ। तथ्याङ्कअनुसार चालु आवको नौ महिनामा चिया निर्यात २६.७३ प्रतिशतले घटेर रु दुई अर्ब ५८ करोड १९ लाख ८५ हजारमा सीमित भएको छ। अघिल्लो आवको सोही अवधिमा रु तीन अर्ब २७ करोड २० लाख ७२ हजारबराबरको चिया निर्यात भएको थियो।

    अन्य निर्यात हुने वस्तुहरूमध्ये भेनियर सिट ३०.८८ प्रतिशत र छुर्पी ३०.३५ प्रतिशतले वृद्धि भएको छ। तर प्लाइउड ३७.७३ प्रतिशत, अम्रिसो ३७.३३ प्रतिशत, फलामे पाता १,७४७.८१ प्रतिशत र मोलासिस ३६१.३५ प्रतिशतले घटेका छन्। सिमेन्ट क्लिङ्करको निर्यात भने शतप्रतिशतले घटेको कार्यालयले जनाएको छ।

    समग्रमा मेची भन्सारबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्म रु १९ अर्ब ४३ करोड ३५ लाख ३२ हजारबराबरको मालवस्तु निर्यात भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend