२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी,...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी, अन्य अध्यादेशबारे कानुनविद्संग छलफलमा

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी, अन्य अध्यादेशबारे कानुनविद्संग छलफलमा

सहर्ष न्युज
शुक्रवार, बैशाख १८ २०८३
सहर्ष न्युज
शुक्रवार, बैशाख १८ २०८३
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्।

    राष्ट्रपतिको कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो।

    जारी गरिएको अध्यादेश २०८३ साल वैशाख १७ गते (बिहीबार) लागू भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

    यसैबीच, सरकारले सिफारिस गरेका अन्य अध्यादेशबारे भने हाल कानुनविद्हरूसँग छलफल भइरहेको बताइएको छ। पौडेलले छलफलका लागि कानुनविद्  शम्भु थापा, टिकाराम भट्टराई, पुर्णमान शाक्य, भिमार्जुन आचार्य, बिपिन अधिकारी र शेरबहादुर केसीलाई परामर्शका लागि बोलाएका थिए ।

    तीमध्ये संवैधानिक परिषद् सम्बन्धी, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी, केही नेपाल ऐन संशोधन, सार्वजनिक पदाधिकारी पदमुक्ति तथा सार्वजनिक खरिद ऐन संशोधनसम्बन्धी अध्यादेशहरू रहेका छन्।

    राष्ट्रपति कार्यालयले ती विषयमा आवश्यक कानुनी परामर्शपछि मात्र थप निर्णय हुने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend