२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • डिलाइट सहकारीको बार्षिकोत्सवमा बृहत रक्तदान कार्यक्रमको...

डिलाइट सहकारीको बार्षिकोत्सवमा बृहत रक्तदान कार्यक्रमको आयोजना, बोधिचित्त सहकारी र मोवाइल वितरक संघको पनि सहभागिता

डिलाइट सहकारीको बार्षिकोत्सवमा बृहत रक्तदान कार्यक्रमको आयोजना, बोधिचित्त सहकारी र मोवाइल वितरक संघको पनि सहभागिता

सहर्ष न्युज
बुधवार, बैशाख १६ २०८३
सहर्ष न्युज
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको डिलाइट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं बार्षिकोत्सवको अवसर पारेर काठमाडौंमा एक बृहत रक्तदान कार्यक्रमको आयोजना ग¥यो ।

    रक्तदान कार्यक्रम बोधिचित्त बहुउद्देश्यीय सहकारी संस्थाको प्रांगण अनामनगर, काठमाडौंमा आयोजना गरिएको हो । सो रक्तदान कार्यक्रमा बोधिचित्त बहुउद्देश्यीय सहकारी र नेपाल मोवाइल वितरक संघको पनि उपस्थिति रहेको थियो ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरिएको संस्थाका प्रबन्ध निर्देशक प्रकाश लुईटेलले जानकारी दिए । बार्षिकोत्सवकै अवसर पारेर संस्थाले हरेक बर्ष यस्तो रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । संस्थाले गर्ने यस्तो रक्तदान कार्यक्रममा सयौंले रक्तदान गर्दैै आएका छन् । यसपटकको रक्तदानमा पनि उल्लेख्य रक्तदाताको उपस्थिति रहेको प्रबन्ध निर्देशक लुईटेलले बताए ।

    डिलाइटले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान बाहेक पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । संस्थाको सक्रियता र अगुवाईमा पछिल्लो समयमा शिवरात्रीको अवसर पारेर भक्तजनहरुलाई निःशुल्क भोजन गराएको थियो । कर्मचारी, सेयर सदस्य तथा शुभचिन्तकको सहयोगमा संस्थाले सो कार्य पनि प्रत्येक बर्ष जस्तै गर्दै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend