२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • मालपोत सेवामा सुधार गर्न मन्त्री रावलद्वारा...

मालपोत सेवामा सुधार गर्न मन्त्री रावलद्वारा डिजिटल अनुगमन सुरु

मालपोत सेवामा सुधार गर्न मन्त्री रावलद्वारा डिजिटल अनुगमन सुरु

सहर्ष न्युज
बुधवार, बैशाख १६ २०८३
सहर्ष न्युज
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूको सेवा प्रवाह अब आफ्नै कार्यकक्षबाट डिजिटल माध्यममार्फत नियमित रूपमा अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था लागू गरेकी छन्।

    पछिल्लो समय मालपोत कार्यालयहरूमा सर्भर डाउन हुने, सेवा ढिलाइ हुने लगायतका गुनासाहरू बढ्दै गएपछि मन्त्री रावलले यस्तो पहल अघि बढाएकी हुन्। यस प्रणालीमार्फत उनले सेवा प्रवाहको अवस्थाबारे तत्काल जानकारी लिनुका साथै देखिएका समस्याहरूको समयमै समाधान गर्न सक्ने विश्वास गरिएको छ।

    मन्त्रालयका अनुसार यो कदमले मालपोत सेवालाई अझ प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend