२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • एनटिसी प्रिपेडका सबै प्याकेज अब ३०...

एनटिसी प्रिपेडका सबै प्याकेज अब ३० दिनको

एनटिसी प्रिपेडका सबै प्याकेज अब ३० दिनको

सहर्ष न्युज
मंगलवार, बैशाख १५ २०८३
सहर्ष न्युज
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौँ । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ । एनटिसीले आफ्नो  ‘कम्बो–२९९ प्याक’ को समयावधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिसकेको हो ।

    यो अवधिका सबै प्याकेज वैशाख ११ गतेबाट केही मूल्य समायोजनसहित ३० दिन अवधिको बनाइएको एनटिसीका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिनुभयो। यस व्यवस्थाबाट एनटिसीका ग्राहकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ । यो अवस्था लागू भएसँगै अब महिनामा एक पटक रिचार्ज गर्दा पुग्नेछ, जसले प्रयोगलाई सहज बनाउने विश्वास गरिएको छ । 

    उही मूल्यमा दुई दिन बढी सेवा पाउने भएकाले ग्राहकले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा अतिरिक्त सुविधा प्राप्त गर्ने छन् । यसले खर्च व्यवस्थापनलाई पनि सहज बनाउने र उपभोक्ता सन्तुष्टि बढाउने विश्वास गरिएको छ। एनटिसीको यस्तो सेवालाई उपभोक्तामैत्री सुधारको रूपमा लिइएको छ । यसले टेलिकम क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरणलाई समेत थप गतिशील बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend