२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • दबाब र धम्कीबीच वार्ता सम्भव नहुने...

दबाब र धम्कीबीच वार्ता सम्भव नहुने इरानको स्पष्ट सन्देश

दबाब र धम्कीबीच वार्ता सम्भव नहुने इरानको स्पष्ट सन्देश

सहर्ष न्युज
सोमवार, बैशाख १४ २०८३
सहर्ष न्युज
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता सम्भव नहुने स्पष्ट पारेका छन्।

    पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको टेलिफोन संवादका क्रममा उनले संयुक्त राज्य अमेरिकातर्फ संकेत गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।

    राष्ट्रपति पेजेश्कियानले अमेरिकामाथि लगातार सम्झौताहरू उल्लङ्घन गरेको आरोप लगाउँदै वार्ता र युद्धविरामका सन्दर्भमा समेत दबाबको नीति अपनाइरहेको बताएका छन्। उनका अनुसार अमेरिकाले लगाएको समुद्री प्रतिबन्ध अन्तर्राष्ट्रिय सहमति र संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन हो।

    उनले यस्ता कदम र धम्कीपूर्ण अभिव्यक्तिले शान्ति प्रक्रियाप्रति विश्वास कमजोर बनाउने चेतावनी दिए। साथै, इरान आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै इजरायल वा अमेरिकासँग हुने कुनै पनि नयाँ तनावले क्षेत्रीय तथा विश्वव्यापी स्थिरतामा गम्भीर असर पार्न सक्ने बताए।

    राष्ट्रपति पेजेश्कियानले इरानले छिमेकी मुलुकहरूसँग आपसी सम्मान र सहकार्यमा आधारित सम्बन्ध सुदृढ गर्न चाहेको पनि स्पष्ट पारे। बाह्य हस्तक्षेपबाट टाढा रहँदै क्षेत्रीय शान्ति र सुरक्षालाई मजबुत बनाउने दिशामा सहकार्यको अपेक्षा उनले व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend