२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • चट्याङले घर जल्यो, ६ जनाको परिवार...

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

सहर्ष न्युज
सोमवार, बैशाख १४ २०८३
सहर्ष न्युज
सोमवार, बैशाख १४ २०८३
  • गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा चट्याङका कारण एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय बसन्ता परियारको घरमा चट्याङ पर्दा घरमा आगलागी भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट परियारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घर जलेपछि परियारको ६ जनाको परिवार विस्थापित बनेको छ । उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

    घटनाको जानकारी पाएपछि प्रहरी चौकी धुर्कोट वस्तुबाट प्रहरी सहायक हवल्दार हर्कबहादुर साउदको नेतृत्वमा प्रहरी टोली घट्नास्थल पुगेको छ । घटनास्थल प्रहरी चौकी धुर्कोटबाट करिब १३ किलोमिटर पश्चिममा पर्दछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend