२०८३ भाद्र २७ गते शनिवार

images

ट्रम्पको रात्रिभोजमा गोली चलाउने युवक पक्राउ

ट्रम्पको रात्रिभोजमा गोली चलाउने युवक पक्राउ

सहर्ष न्युज
आइतवार, बैशाख १३ २०८३
सहर्ष न्युज
आइतवार, बैशाख १३ २०८३
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ह्वाइट हाउस संवाददाताहरूसँग रात्रिभोजमा सहभागी भइरहेका समयमा गोली चलाउने व्यक्ति पक्राउ परेका छन्।

    रात्रिभोज जारी रहँदा नजिकै गोली चलेको आवाजपछि सुरक्षा अधिकारीहरूले घेरा हालेर ट्रम्पलाई हलबाहिर लगेका थिए।

    एकभन्दा धेरै हतियार बोकेका व्यक्तिलाई अमेरिकी सीक्रेट सर्भिसले नियन्त्रणमा लिएको ट्रम्पले बताएका छन्।

    नियन्त्रणका लिइएका व्यक्तिको तस्बिर राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्।

    घटनापछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै ट्रम्पले राजनीति सबैभन्दा जोखिमपूर्ण पेसा भएको बताए।

    "यो भन्दा खतरनाक अरू कुनै पेसा होला जस्तो मलाई लाग्दैन," उनले भने, "कुनै पनि देश यसबाट अछुतो छैन।"

    गोली प्रहारको आरोपमा पक्राउ परेका व्यक्ति क्यालिफोर्निआका ३१ वर्षीय युवक रहेको अधिकरीहरूले बताएका छन्। उनी रात्रिभोज चलिरहेको होटेलमै बसिरहेको वाशिङ्टन डीसीका प्रहरी प्रमुखले बताएका छन्।

    उनलाई सोमवार अदालतमा पेस गरिने अधिकारीहरूले बताएका छन्।

    सीक्रेट सर्भिसका एक जना अधिकारीलाई नजिकबाट प्रहार भएको गोली लागेको छ। तर बुलेट प्रुफ भेस्ट लगाएका कारण उनी बाँचेको ट्रम्पले ह्वाइट हाउसमा बताए। उनको उपचार भइरहेको अस्पतालमा सुरक्षा अधिकारीहरू पुगेका छन्।

    अधिकारीहरूले बन्दुकधारी व्यक्ति कसरी त्यति नजिकसम्म पुगे भन्ने पत्ता लगाउन होटेलका भिडिओहरूको विश्लेषण भइरहेको बताएका छन्।

    घटनास्थलमा रहेका बीबीसीका वाशिङ्टन संवाददाता ड्यानिअल बुशका अनुसार रात्रिभोज चलिरहेको ठूलो सभा हलमा सुरुमा के भएको हो भन्ने प्रस्ट थिएन।

    नजिकैको हिल्टन बलरुम बाहिर गोली चलेको जस्तो आवाज सुनिएपछि रात्रिभोजमा सहभागी भएकाहरू टेबल मुनी लुकेका थिए। त्यसपछि पहिले ट्रम्पलाई अनि रक्षामन्त्री पिट हेग्सेथलाई सुरक्षा घेरामा हलबाट निकालिएको थियो।

    अमेरिकी राष्ट्रपतिको रात्रिभोजमा सुरक्षा घेराभित्र गोली चलेको यो पहिलो घटना हुनसक्ने समाचार बीबीसीले लेखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend