२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • वर्षा र बाढीका कारण बीपी राजमार्ग...

वर्षा र बाढीका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रे–सिन्धुली खण्डमा अवरुद्ध

वर्षा र बाढीका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रे–सिन्धुली खण्डमा अवरुद्ध

सहर्ष न्युज
आइतवार, बैशाख १३ २०८३
सहर्ष न्युज
आइतवार, बैशाख १३ २०८३
  • काभ्रेपलाञ्चोक : लगातारको वर्षा र बढ्दो बाढीका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रे–सिन्धुली खण्डमा यातायात पूर्ण रूपमा बन्द गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार शनिबार दिउँसो ३:३० बजेदेखि काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशी गाउँपालिकाको मङ्गलटारसम्मको सडकखण्डमा आवागमन रोकिएको हो। आइतबार पनि जोखिम कायम रहेकाले उक्त खण्ड बन्द नै राखिएको छ।

    प्रहरी नायव उपरीक्षक रविन विष्ट का अनुसार वर्षासँगै रोशी खोला मा ठूलो बाढी आएकाले सम्भावित दुर्घटना रोक्न यातायात अवरुद्ध गरिएको हो। सर्वसाधारणलाई राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न र अर्को सूचना जारी नभएसम्म उक्त खण्ड प्रयोग नगर्न आग्रह गरिएको छ।

    यसअघि पनि रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन पटक–पटक बगाउँदै आएको थियो। गत वर्षको बाढीपहिरोले रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो। त्यसैगरी गत चैत तेस्रो साता पुनः करिब ४ किलोमिटर सडक क्षति भएपछि नयाँ डाइभर्सन निर्माण गरिएको थियो।

    हाल राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरू धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिएको छ।

    यसैबीच, डिभिजन सडक कार्यालय भक्तपुर ले उक्त क्षेत्रमा स्थायी सडक निर्माण कार्य भइरहेको जनाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend