२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • एसइई नतिजा वैशाख अन्तिम सातासम्म सार्वजनिक...

एसइई नतिजा वैशाख अन्तिम सातासम्म सार्वजनिक गर्ने तयारी

एसइई नतिजा वैशाख अन्तिम सातासम्म सार्वजनिक गर्ने तयारी

सहर्ष न्युज
आइतवार, बैशाख १३ २०८३
सहर्ष न्युज
आइतवार, बैशाख १३ २०८३
  • काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाखको अन्तिम सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ।

    यसअघि परीक्षा सकिएको करिब तीन महिनाभित्र नतिजा प्रकाशित गर्ने गरिएकोमा यस वर्ष भने बोर्डले एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको हो । बोर्डकाका अनुसार उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको छ र हाल परीक्षार्थीहरूको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ।

    हालकै गतिमा काम अघि बढे तेस्रो साताको अन्त्यतिरै नतिजा सार्वजनिक गर्न सकिने बोर्डको भनाई छ । प्राप्ताङ्क प्रविष्टिको काम एक–दुई दिनभित्र सकिने र त्यसपछि रुजु प्रक्रिया पूरा गरी कुनै प्राविधिक समस्या नआए नतिजा प्रकाशन गरिनेछ।

    परीक्षा सकिएको मितिले एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने हाम्रो लक्ष्य बोर्डको रहेको छ । सोहीअनुसार वैशाख २९ गतेभित्र नतिजा ल्याउने गरी काम भइरहेको बोर्डले जानकारी दिएको छ ।

    नयाँ सरकार गठनपछि सुरुमा १५ दिनमै नतिजा सार्वजनिक गर्ने विषयमा छलफल भए पनि हतारमा त्रुटि हुन सक्ने भएकाले बढीमा एक महिनाभित्रै नतिजा ल्याउने निष्कर्षमा मन्त्रालय र बोर्ड पुगेका थिए।

    यस वर्ष नतिजा छिटो ल्याउन उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो भने पर्याप्त जनशक्ति परिचालन गरिएको थियो।

    एसइई परीक्षा चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए, जसमध्ये २ लाख ५७ हजार ६१३ छात्रा र २ लाख ५४ हजार ८०१ छात्र रहेका छन् ।

    परीक्षाका लागि देशभर १,९६६ केन्द्र तोकिएको थियो । साथै, नेपाली भाषा अध्ययन भइरहेको जापान मा समेत एक परीक्षा केन्द्र तोकिएको थियो, जहाँबाट २३ जना परीक्षार्थी सहभागी भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend