२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • इन्धन मूल्यवृद्धि नरोके विकास निर्माण ठप्प...

इन्धन मूल्यवृद्धि नरोके विकास निर्माण ठप्प हुने निर्माण व्यवसायीको चेतावनी

इन्धन मूल्यवृद्धि नरोके विकास निर्माण ठप्प हुने निर्माण व्यवसायीको चेतावनी

सहर्ष न्युज
आइतवार, बैशाख १३ २०८३
सहर्ष न्युज
आइतवार, बैशाख १३ २०८३
  • रुकुमपश्चिम : रुकुमपश्चिमका निर्माण व्यवसायीहरूले पेट्रोलियम पदार्थमा भइरहेको अत्यधिक मूल्यवृद्धि तत्काल नियन्त्रण नगरे विकास निर्माणका काम पूर्ण रूपमा प्रभावित हुने चेतावनी दिएका छन्।

    निर्माण व्यवसायीहरूले शुक्रबार दिनेशप्रसाद थानी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै डिजेल, पेट्रोल र मटितेलको अप्रत्याशित मूल्यवृद्धिले निर्माण लागत नियन्त्रणबाहिर गएको बताएका छन्।

    निर्माण व्यवसायी सङ्घ का जिल्ला अध्यक्ष परवीर डाँगी ले निर्माण क्षेत्र देशको भौतिक पूर्वाधार विकासको मेरुदण्ड भए पनि हाल गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गर्दै मूल्यवृद्धि रोक्न माग गरिएको जानकारी दिए।

    व्यवसायीहरूले राष्ट्रिय गौरवका आयोजना तथा स्थानीय विकास निर्माणलाई गति दिन सरकारसँग निर्माण क्षेत्रमा आपत्काल घोषणा गरी विशेष राहत प्याकेज ल्याउन माग गरेका छन्। साथै, ‘मूल्य समायोजन मार्गदर्शन–२’ तत्काल जारी गर्न पनि जोड दिएका छन्।

    त्यस्तै, स्थानीय नदीजन्य निर्माण सामग्री तथा क्रसर उद्योगमा प्रदेशस्तरीय नियमनका नाममा अनावश्यक जटिलता थपिएको भन्दै सामग्री उत्खनन र सङ्कलनमा अवरोध भएको गुनासो समेत गरिएको छ।

    यसैबीच, व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै जिल्ला दररेट पुनरावलोकनको माग गरेका छन्। मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, बिटुमिनलगायत निर्माण सामग्रीको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर विकास निर्माण क्षेत्रमा परेको उनीहरूको भनाइ छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend