२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • कडा सुरक्षा घेराबीच थापाथली सुकुम्बासी बस्तीमा...

कडा सुरक्षा घेराबीच थापाथली सुकुम्बासी बस्तीमा डोजर

कडा सुरक्षा घेराबीच थापाथली सुकुम्बासी बस्तीमा डोजर

सहर्ष न्युज
शनिवार, बैशाख १२ २०८३
सहर्ष न्युज
शनिवार, बैशाख १२ २०८३
  • काठमाडौँ : काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा शनिबार बिहान डोजर चलाइएको छ। बागमती नदी किनारमा रहेका सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउने क्रममा महानगरले डोजर प्रयोग गरेको हो।

    बस्ती हटाउने कार्यका क्रममा त्यहाँ बसोबास गर्दै आएका बासिन्दालाई सुरक्षित रूपमा बाहिर निकाल्न प्रहरीले सहयोग गरिरहेको छ। सो क्षेत्रमा कुनै अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नगर प्रहरीको बाक्लो उपस्थिति रहेको छ।

    काठमाडौँ महानगर प्रहरी बलका अनुसार थापाथली क्षेत्रको बस्ती हटाउने काम सम्पन्न गरेपछि आजै गैरीगाउँ क्षेत्रका सुकुम्बासी बस्तीहरू पनि हटाउने तयारी गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend