काठमाडौं । निर्माण व्यवसायी तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पाण्डेलाई शुक्रबार पक्राउ गरेको हो ।
उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।
सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको भन्दै अख्तियारले ०७५ सालमा पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो ।
