नयाँ वर्ष २०८३ को अवसरमा काठमाडौंमा भेला सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता
काठमाडौं : खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिकाबाट उपत्यकामा अस्थायी तथा स्थायीरूपमा बसोबास गर्दै आएका व्यक्तिहरूबीच आयोजित बृहत् भेला मार्फत 'बराहपोखरी सेवा समाज खोटाङ' नामक सामाजिक संस्थाको गठन गरिएको छ।
नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान, चियापान तथा भेटघाट कार्यक्रमको अवसरमा १७ सदस्यीय तदर्थ समिति घोषणा गरिएको हो। कार्यक्रममा उद्योगी, व्यवसायी, बुद्धिजीवी, शिक्षक तथा कर्मचारीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै खोटाङ सेवा समाजका केन्द्रीय सदस्य एवं विधान मस्यौदा समितिका संयोजक लोक बहादुर खत्रीले संस्थाले सामाजिक एकता र सहकार्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्षता कृष्णकुमार श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाल सरकारका पूर्व उपसचिव नरेन्द्रकुमार श्रेष्ठ र विशेष अतिथिको रुपमा पूर्वउपसचिव कुल प्रसाद रेग्मी उपस्थिति हुनुभएको थियो ।
सो अवसरमा शंखेश्वरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक शिवकुमार श्रेष्ठ, खोटाङ सेवा समाज काठमाडौंका सदस्य लोकबहादुर खत्री, प्रकाश लुइटेल तथा सुन्तले सेवा समाजका प्रतिनिधि केदार आले मगर लगायतले मन्तव्य राख्नुभएको थियो ।

वक्ताहरूले आगामी दिनमा समाजलाई संस्थागत रूपमा अघि बढाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
समाजलाई सक्रियरुपमा अगाडी बढाउन १७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । जसमा ६ जना पदाधिकारी, प्रत्येक वडाबाट कम्तीमा एक सदस्य, महिला तथा दलित प्रतिनिधित्व र सामाजिक योगदानका आधारमा मनोनित सदस्यहरू समावेश गरिएको छ ।
तदर्थ समितिका पदाधिकारीहरू :
अध्यक्ष/संयोजक : कृष्णकुमार श्रेष्ठ (वडा नं.) १०
उपाध्यक्ष : सह–संयोजक : दिपेन्द्र बस्नेत (वडा नं) ३)
उपाध्यक्ष : ईन्द्र बहादुर लिमेल (वडा नं. १)
महासचिव : रबिन खड्का (वडा नं. ६)
सचिव : कल्पना राउत (वडा नं. ५)
कोषाध्यक्ष : चन्द्रकला राई -वडा नं. १)
सदस्यहरूमा
दिनेश श्रेष्ठ, सबिता राई, जनकुमारी राई, सन्तोष दाहाल, कटक मगर, टेक बहादुर राई, दुशन राई, योशोदा निरौला, बाल कुमार राई, तारानाथ श्रेष्ठ ‘उमेश’ र जनक कुमार बि.क.

कुनै समयको चर्चित बराहपोखरी गाउँपालिका तराईका जिल्लासँग सिमाना जोडिएको भए पनि विकास र समृद्धिको दृष्टिले पछाडि परेको क्षेत्रका रूपमा चिनिन्छ । खोटाङ जिल्ला शैक्षिक, राजनीतिक, बौद्धिक, सिर्जनशील व्यक्तिहरु उल्लेख्य मात्रामा जन्माएका जिल्लामा पर्दछ । प्रतिष्ठित थुप्रै व्यक्तिहरु उत्पादन गरेको खोटाङ जिल्ला र चर्चित बराहपोखरीमा शिक्षा, विकास निर्माण, आर्थिक गतिविधिले राम्रो गति लिनुपर्ने ठाउँ हो । तरपनि यो ठाउँ बत्ति मुनिको अँध्यारोझैैै भइरहेको अनुभव स्थानीयहरुले गर्नुभएको छ ।
शिक्षा, स्वास्थ्य र रोजगारीको अभावमा यहाँका अधिकांश नागरिकहरू बसाइँसराइ गर्न बाध्य छन् । उक्त ठाउँ छाडेर गएपनि आफू जन्मे र हुर्केको ठाउँको लागि केही योगदान प्ु¥याउन सक्नुपर्छ भन्ने हेतुले त्यहाँ जन्मेर हुर्केकाहरु संगठित भएर समाज गठन गर्नुभएको हो ।
“एकता, सद्भाव र सहभागितामा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नारासहित गठन गरिएको यस संस्थाले आगामी दिनमा विभिन्न सामाजिक अभियान सञ्चालन गर्नुका साथै समाजसेवी व्यक्तित्वहरूलाई समेटेर सहकार्य गर्ने लक्ष्य लिएको छ।
