२०८३ भाद्र २७ गते शनिवार

images

सुदन गुरुङले गृहमन्त्रीबाट दिए राजीनामा

सुदन गुरुङले गृहमन्त्रीबाट दिए राजीनामा

सहर्ष न्युज
बुधवार, बैशाख ९ २०८३
सहर्ष न्युज
बुधवार, बैशाख ९ २०८३
  • नैतिकता र छानबिनका लागि पद त्याग गरेको दाबी

    काठमाडौं ।  गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।

    गुरुङले चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी इमानदारीपूर्वक सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्ला दिनमा आफ्नो शेयर तथा अन्य विषयलाई लिएर नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीलाई गम्भीर रूपमा लिएको बताएका छन्।

    उनले पदभन्दा नैतिकता ठूलो र जनविश्वास सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको मागसहित उठिरहेको ‘जेनेरेसन जेड (Gen Z)’ आन्दोलनले पनि सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको दाबी गरेका छन्।
    गुरुङले ४६ जना सहकर्मीको बलिदान र योगदानका आधारमा बनेको सरकारलाई प्रश्न उठे त्यसको जवाफ नैतिकताबाट दिनुपर्ने उल्लेख गरेका छन्।

    उनका अनुसार आफ्नो विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै पनि प्रकारको हितको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) नदेखियोस् भन्ने उद्देश्यले उनले राजीनामा दिएका हुन्।

    “मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु,” उनले भनेका छन्, साथै उनले सञ्चारकर्मी, नागरिक र युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अघि बढ्न अपिल गरेका छन्।

    उनले केही सञ्चारकर्मीहरूसँग सम्बन्धित आर्थिक वा स्वार्थका विषयहरू पनि समयक्रममा सार्वजनिक हुने संकेतसमेत गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend