२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • गुण्डागर्दी गरेको आरोपमा मिलन चक्रे समूहका...

गुण्डागर्दी गरेको आरोपमा मिलन चक्रे समूहका निरे पक्राउ

गुण्डागर्दी गरेको आरोपमा मिलन चक्रे समूहका निरे पक्राउ

सहर्ष न्युज
आइतवार, बैशाख ६ २०८३
सहर्ष न्युज
आइतवार, बैशाख ६ २०८३
  • काठमाडौं । गुण्डागर्दी गरेको आरोपमा प्रहरीले बालुवाटारबाट एक जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका-३ बसुन्धराका निरे भनिने निराजन पौडेललाई बालुवाटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    ठेक्कापट्टामा संलग्न निरे मिलन चक्रे समूहमा रहेर गुण्डागर्दी गरेको प्रहरीले जनाएको छ । प्रहरीले सुरक्षित काठमाडौं अपरेसनअन्तर्गत उनलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीको सीआरएस रेकर्ड अनुसार निरेमाथि हातहतियार तथा खरखजाना, ज्यान मार्ने उद्योग, अभद्र व्यवहारलगायतका ६ वटा मुद्दा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend