२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • धितोपत्र बोर्डका विवादित अध्यक्ष सन्तोषनारायण श्रेष्ठले...

धितोपत्र बोर्डका विवादित अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजिनामा (राजिनामा पत्रसहित)

धितोपत्र बोर्डका विवादित अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजिनामा (राजिनामा पत्रसहित)

सहर्ष न्युज
शनिवार, बैशाख ५ २०८३
सहर्ष न्युज
शनिवार, बैशाख ५ २०८३
  • काठमाडौं : धितोपत्र बोर्डका विवादित अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजिनामा दिएका छन्।

    उनले शुक्रबार अर्थ मन्त्रालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन्।

    नेपाल धितोपत्र बोर्ड सञ्चालक समिति बैठकपछि श्रेष्ठले आफूले स्वेच्छाले पद त्याग गर्ने निर्णय लिएको जानकारी दिएका थिए। बैठकपछि सञ्चालकहरूलाई जानकारी दिँदै उनले सरकारलाई सहयोग गर्न मार्ग प्रशस्त गरेको बताएका थिए।

    धितोपत्र ऐनअनुसार बोर्ड अध्यक्षले राजीनामा सरकारसमक्ष बुझाउनुपर्ने प्रावधान छ। सोही व्यवस्था अनुसार उनले अर्थमन्त्रीसमक्ष राजीनामा पेश गरेका हुन्।

    श्रेष्ठ २०८१ मंसिर १० गते बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए। पछिल्लो समय दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण अनुसन्धानमा नाम जोडिएपछि सरकारले उनलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेको थियो।

    राजीनामा बुझाएपछि श्रेष्ठले आफूले राजीखुसीले पद त्याग गरेको र सरकारको काममा सहयोग गर्न यस्तो निर्णय लिएको बताएका छन्।

    बोर्डमा अध्यक्ष बनेर गएपछि उनी लगातार विवादमा पर्दै आएका थिए । आईपीओ निष्काशनको विषयलाई लिएर व्यवसायीहरुसँग रकम असुल्ने प्रयास गरेको आरोप उनलाई लागेको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend