२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण :...

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण : कसको सम्पत्ति कति ?

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण : कसको सम्पत्ति कति ?

सहर्ष न्युज
सोमवार, चैत्र ३० २०८२
सहर्ष न्युज
सोमवार, चैत्र ३० २०८२
  • काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

    मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीले पेस गर्नुभएको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको सो विवरण नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।

    उपसचिव विष्णुप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेभसाइट (opmcm.gov.np) मा हेर्न सकिनेछ ।

    भ्रष्टाचार निवारण ऐनको व्यवस्थाअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले पद बहाल गरेको ६० दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने प्रावधान छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend