२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, पेट्रोल प्रतिलिटर...

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ पुग्यो

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ पुग्यो

सहर्ष न्युज
शुक्रवार, चैत्र २७ २०८२
सहर्ष न्युज
शुक्रवार, चैत्र २७ २०८२
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उतारचढाव भइरहेकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।

    निगमका अनुसार बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य बढाइएको हो। निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २५/२५ रुपैयाँले वृद्धि गरिएको छ।

    यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले बढाइएको छ भने आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ।

    नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २०७ रुपैयाँ कायम भएको छ। खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २,०१० रुपैयाँ पुगेको छ भने आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५७ रुपैयाँ निर्धारण गरिएको छ।

    सरकारले भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिए पनि निगमको घाटा न्यूनीकरण हुन नसकेको जनाएको छ। मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने दाबी गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend