२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • काठमाडौंमा गुण्डागर्दीविरुद्ध प्रहरी अपरेशन: ‘सानुभाइ’सहित १८...

काठमाडौंमा गुण्डागर्दीविरुद्ध प्रहरी अपरेशन: ‘सानुभाइ’सहित १८ जना पक्राउ

काठमाडौंमा गुण्डागर्दीविरुद्ध प्रहरी अपरेशन: ‘सानुभाइ’सहित १८ जना पक्राउ

सहर्ष न्युज
आइतवार, चैत्र २२ २०८२
सहर्ष न्युज
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौं : काठमाडौंमा बढ्दो गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको विशेष अपरेशनमा ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङसहित १८ जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गुरुङलाई गएराति सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। प्रहरी स्रोतका अनुसार शुक्रबार रातिदेखि राजधानीका विभिन्न स्थानमा गुण्डागर्दीविरुद्ध लक्षित अभियान सञ्चालन गरिएको छ।

    उक्त अभियानअन्तर्गत शुक्रबार राति मात्रै १७ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने गुरुङ नुवाकोटको ककनी गाउँपालिका–५ का स्थायी बासिन्दा हुन् भने हाल टोखास्थित सूर्यदर्शन हाइटमा बस्दै आएका थिए।

    ३३ वर्षीय गुरुङ यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पटक–पटक पक्राउ परेका व्यक्ति हुन्। उनी कुख्यात गुण्डा कुमार श्रेष्ठ ‘घैँटे’का निकट सहयोगीका रूपमा परिचित थिए।

    प्रहरी इन्काउन्टरमा घैँटे मारिएपछि गुरुङले आफ्नो सुरक्षाका लागि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको जानकारी पनि प्रहरीले दिएको छ।

    प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend