२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • अबुधाबीमा मिसाइल–ड्रोन आक्रमण विफल, भग्नावशेष खस्दा...

अबुधाबीमा मिसाइल–ड्रोन आक्रमण विफल, भग्नावशेष खस्दा ७ नेपालीसहित १२ जना घाइते

अबुधाबीमा मिसाइल–ड्रोन आक्रमण विफल, भग्नावशेष खस्दा ७ नेपालीसहित १२ जना घाइते

सहर्ष न्युज
शनिवार, चैत्र २१ २०८२
सहर्ष न्युज
शनिवार, चैत्र २१ २०८२
  • काठमाडौँ : अबुधाबीमा इरानी मिसाइल तथा ड्रोन आक्रमणलाई हवाई प्रतिरक्षा प्रणालीले नष्ट गर्दा खसेको भग्नावशेषका कारण ७ नेपालीसहित १२ जना घाइते भएका छन्।

    अबुधाबीको अजबान क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र र मानवरहित हवाई वाहन (ड्रोन) लाई आकाशमै नष्ट गरेको थियो। अबुधाबी मिडिया अफिसका अनुसार सो क्रममा खसेको भग्नावशेषका कारण उक्त क्षति भएको हो।

    गल्फ न्यूज तथा अबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये एक नेपालीको अवस्था गम्भीर रहेको छ भने अन्य ६ नेपाली र ५ भारतीय नागरिक सामान्य तथा मध्यम घाइते भएका छन्।

    हवाई खतरालाई सफलतापूर्वक निष्क्रिय बनाएपछि केही क्षेत्रमा भग्नावशेष खसेको बताइएको छ। घटनापछि आपतकालीन उद्धार टोली परिचालन गरी घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको अधिकारीहरूले जनाएका छन्।

    यसैबीच, दुबई रक्षा मन्त्रालयले हवाई प्रतिरक्षा प्रणालीले मिसाइल र ड्रोनको खतरालाई पूर्ण रूपमा निष्क्रिय पारेको पुष्टि गरेको छ। रक्षा कारबाहीका क्रममा केही क्षेत्रमा ठूलो आवाज सुनिएको समेत मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend