२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न...

राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय

राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय

सहर्ष न्युज
बिहिवार, चैत्र १९ २०८२
सहर्ष न्युज
बिहिवार, चैत्र १९ २०८२
  • काठमाडौं । अर्थ मन्त्रालयले आज राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्दैछ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, राजश्व प्रशासनका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख सहभागी हुने छन्। यस्तै, राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका प्रमुखहरू पनि बैठकमा सहभागी हुने मन्त्री वाग्लेको सचिवालयले जनाएको छ।  

    राजश्व छली र चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यन्वयनका विषयमा अर्थमन्त्री डा. वाग्लेले बैठकमा महत्वपूर्ण निर्देशन दिने छन्। बिहान ११ बजे सुरु हुने बैठक एक घण्टाका लागि तय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए।  

    बैठकपछि बैठकका छलफल र निर्णयबारे सञ्चार माध्यमलाई प्रवक्ता पाण्डेयले भिडियो, फोन वा विज्ञप्तिमार्फत जानकारी गराउने बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend