२०८३ भाद्र २९ गते सोमवार

images
  • समाचार
  • महावीर जैनको २६२५औँ जन्मजयन्ती: सत्य र...

महावीर जैनको २६२५औँ जन्मजयन्ती: सत्य र अहिंसाको सन्देश फैलाउँदै मनाइँदै

महावीर जैनको २६२५औँ जन्मजयन्ती: सत्य र अहिंसाको सन्देश फैलाउँदै मनाइँदै

सहर्ष न्युज
मंगलवार, चैत्र १७ २०८२
सहर्ष न्युज
मंगलवार, चैत्र १७ २०८२
  • काठमाडौं । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँड्ने महावीर जैनको २६२५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।

    इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको ‘कुण्डलग्राम’ नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट उनको जन्म भएको थियो। राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि महावीर जैन तपस्यामा निस्किएको विभिन्न जैन ग्रन्थमा उल्लेख गरिएको छ। करिब १२ वर्ष तपस्या गरेपछि उनले मानव समुदायलाई जैन दर्शन बाँडेका हुन्।

    नेपाल जैन परिषद्का अध्यक्ष सुशीलकुमार जैनका अनुसार शास्त्रीय मान्यताअनुसार २४ वटा तीर्थङ्कर जैन छन्। धर्मको बाटो देखाउने भएकाले तीर्थङ्कर नाम दिइएको हो। हिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने सन्देश महावीरले दिएका थिए। 

    ‘अरूलाई दुःख दिनु पनि हिंसा भएकाले अरूको उपकार गर्नु नै अहिंसा हो’ भन्ने महावीरको विचार छ। उनको उत्तर अध्याय सूत्र कृति चर्चित छ, जसको नेपाली अनुवाद मानव मिलन केन्द्रका संस्थापक डा मणिभद्र मुनिजीले गरेका हुन्। महावीरको जन्मजयन्तीका अवसरमा नेपाल जैन परिषद्लगायत विभिन्न सङ्घ संस्थाले कार्यक्रम आयोजना गरी यो दिवस मनाउने जनाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend