२०८३ भाद्र २८ गते आइतवार

images

नवलपुर उद्योग वाणिज्य संघको निर्वाचन विवादमा

नवलपुर उद्योग वाणिज्य संघको निर्वाचन विवादमा

सहर्ष न्युज
मंगलवार, चैत्र १७ २०८२
सहर्ष न्युज
मंगलवार, चैत्र १७ २०८२
  • काठमाडौं । नवलपुर उद्योग वाणिज्य संघको यही चैत १८ गते हुने कार्यसमिति निर्वाचनमा विवाद उत्पन्न भएको छ । निर्वाचन प्रक्रियाको सुरुवातमै विवाद सुरु भएको संघ स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उम्मेद्वारी दर्ता र दाबी–विरोध सम्बन्धी प्रक्रिया निर्वाचन समितिको निर्णयका कारण विवाद सुरु भएको हो ।

    प्राप्त समाचार अनुसार विधान विपरीत बक्यौता रहेका व्यक्तिहरूको समेत उम्मेद्वारी स्वीकृत गरी अन्तिम नामावली सार्वजनिक गरिएपछि विवाद सुरु भएको हो ।

    उम्मेद्वारी दर्ता र दाबी–विरोध सम्बन्धी प्रक्रियामा उचित छानबिन नभएसम्म चुनावी प्रक्रिया अघि बढ्न नसक्ने उक्त स्रोतले दाबी गरेको छ ।

    भोली चैत्र १८ गते हुने भनिएको निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा हुदैछ ।

    उक्त विवादित विषयलाई लिएर सदस्यहरुका तर्फबाट नवलपुर उद्योग वाणिज्य संघको निर्वाचन समिति र जिल्ला प्रशासन कार्यालय कावासोतीलाई ज्ञापन–पत्र बुझाउने तयारी समेत गरेको बुझिएको छ । ज्ञापनपत्र बुझाउने सदस्यहरुको समूहले निर्वाचन नहुँदै विवादित विषय प्रवेश गराउने निर्वाचन समितिले 'निष्पक्ष र धाँधलीरहित निर्वाचन' गराउन सक्नेमा विश्वास गर्न कठिन हुने निष्कर्ष निकालेको स्रोतले बताएको छ ।

    सम्बन्धित पक्षले विवादित विषयहरूको वैधानिक रूपमा निरुपण नभएसम्म निर्वाचनका सम्पूर्ण गतिविधि स्थगित गर्न माग गर्ने तयारी पनि ती सदस्यहरुले गर्ने बताइएको छ । साथै समितिसँग विवादित विषयको छानबिन, छलफल र सहमतिका आधारमा मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरिने भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend