२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम...

विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको भ्रष्टाचार मुद्दा

विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको भ्रष्टाचार मुद्दा

सहर्ष न्युज
सोमवार, चैत्र १६ २०८२
सहर्ष न्युज
सोमवार, चैत्र १६ २०८२
  • काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार महतसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराई र लेखा सहायकविरुद्ध आर्थिक वर्ष २०७९/८० मा विद्यालयलाई प्राप्त एक लाख ४५ हजार ३५० रुपियाँ छात्रावृत्ति रकम हिनामिना गरेको आरोप लागेको छ ।

    महतले मिति २०८० चैत २१ मा कक्षा १ देखि ५ सम्मका छात्राहरुलाई छात्रवृत्ति रकम एक हजार रुपियाँको दरले ८३ जनालाई र कक्षा ६ देखि ८ सम्मका छात्राहरुलाई एक हजार चार सय ८५ रुपियाँ २३ पैसाका दरले ४४ जनालाई ६५ हजार ३५० रुपियाँ गरी जम्मा एक लाख ४८ हजार ३५० रुपियाँ वितरण गरेको भरपाई तातोपानी गाउँपालिकालाई पठाएको देखिएको छ ।

    विद्यालयलाई प्राप्त छात्रवृत्ति रकम सम्बन्धित छात्राहरुलाई वितरण गरेको नदेखिएको तथा प्रतिवादीहरुले एकआपसमा मिलेमतो गरी २०८० असोज २१ गते झुट्टा भरपाइ पुन: किर्ते गरी मिति २०८० चैत २१ मा छात्रवृत्ति वितरण गरेको अर्को झुट्टा भरपाई तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा उनीहरुविरुद्ध एक लाख ४५ हजार ३५० रुपियाँ बिगो रकम कायम गरी कैद र जरिवानाको सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend