२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा दीपककुमार...

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा दीपककुमार साह

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा दीपककुमार साह

सहर्ष न्युज
शुक्रवार, चैत्र १३ २०८२
सहर्ष न्युज
शुक्रवार, चैत्र १३ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ ।

    आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । साह महोत्तरी–२ बाट निर्वाचित हुनुहुन्छ ।

    लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’, लन्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एन्ड फाइनान्सिङमा स्नातकोत्तर गर्नुभएको छ ।

    नवनियुक्त मन्त्री साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गर्नुभएको छ ।

    उहाँले विश्व स्वास्थ्य सङ्गठन तथा युके हेल्थ सेक्युरिटी एजेन्सीजस्ता विश्वस्तरीय संस्थामा नीतिनिर्माण र स्वास्थ्य प्रणाली सुधारमा अनुभव बटुल्नुभएको छ । साह मैथिली कला, भाषा तथा साहित्यको राष्ट्रियस्तरमा प्रवर्धन गर्न पनि सक्रिय हुनुहुन्थ्यो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend