२०८३ भाद्र २९ गते सोमवार

images
  • समाचार
  • वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै छ...

वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै छ खर्बको आयात

वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै छ खर्बको आयात

सहर्ष न्युज
शुक्रवार, चैत्र १३ २०८२
सहर्ष न्युज
शुक्रवार, चैत्र १३ २०८२
  • पर्सा : वीरगञ्ज (पर्सा) ।  चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् ।

    वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ५८ अर्ब ९१ करोडअर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ । गत आवको सात महिनामा भने रु पाँच अर्ब ३६ करोड ५५ करोड मूल्य पर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो ।

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले यो नाका हुँदै आयात हुनेमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सरसमानको हिस्सा उल्लेखनीय रहेको बताउनुभयो ।

    वीरगञ्ज हुँदै चालु आवको सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड मूल्य पर्ने पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको छ भने सोही अवधिमा रु ५२ अर्ब ७५ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरुको आयात भएको छ । साथैरू ४२ अर्ब ४८ करोड मूल्य पर्ने मेसिनरी पार्टपुर्जा, रु ४१ अर्ब २० करोड मूल्य पर्ने भटमासको कच्चा तेल, रु ३० अर्ब ९१ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र पार्टपुर्जा, रु २८ अर्ब ५९ करोड मूल्य पर्ने मलखाद र रु २३ अर्ब ७१ करोड मूल्य पर्ने कपडाहरु आयात भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend