२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • गुल्मीको रेसुङ्गा विमानस्थलको उडान तालिका परिवर्तन,...

गुल्मीको रेसुङ्गा विमानस्थलको उडान तालिका परिवर्तन, अब बिहीबार उडान

गुल्मीको रेसुङ्गा विमानस्थलको उडान तालिका परिवर्तन, अब बिहीबार उडान

सहर्ष न्युज
मंगलवार, चैत्र १० २०८२
सहर्ष न्युज
मंगलवार, चैत्र १० २०८२
  • गुल्मी : गुल्मीको रेसुङ्गा विमानस्थलको उडान तालिका हेरफेर गरिएको छ।

    विमानस्थल प्रमुख सुमन थापाका अनुसार आजदेखि आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन हुने नयाँ तालिका सार्वजनिक गरिएको हो। यसअघि साप्ताहिक तीन उडान अन्तर्गत आइतबार, मङ्गलबार र शनिबार उडान हुँदै आएको थियो।

    विमानस्थलमा सातामा चार उडान गर्ने तालिका भए पनि पछिल्लो समय तीन उडान मात्र सञ्चालन हुँदै आएको छ। प्रमुख थापाले मौसम प्रतिकूलताका कारण उडान नियमित गर्न समस्या भइरहेको जानकारी दिनुभयो।

    हाल काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गाबाट बिहान ७ः३० बजे उडान हुँदै आएको छ। नेपाल एयरलाइन्सले काठमाडौँ–गुल्मी उडानका लागि ७ हजार ५०० रुपैयाँ र गुल्मी–काठमाडौँका लागि ७ हजार ३०० रुपैयाँ भाडादर तोकेको छ।

    दुई वर्षअघिदेखि नेपाल एयरलाइन्सले यहाँ नियमित उडान सञ्चालन गर्दै आएको छ। नियमित उडान भए यात्रुलाई कुनै समस्या नहुने विमानस्थलले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend