२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • लिमी भ्यालीमा चिसो अत्यधिक, तापक्रम माइनस...

लिमी भ्यालीमा चिसो अत्यधिक, तापक्रम माइनस १० डिग्री सेल्सियस

लिमी भ्यालीमा चिसो अत्यधिक, तापक्रम माइनस १० डिग्री सेल्सियस

सहर्ष न्युज
शनिवार, चैत्र ७ २०८२
सहर्ष न्युज
शनिवार, चैत्र ७ २०८२
  • काठमाडौं । शुक्रबारदेखि परेको हिमपातका कारण नाम्खा गाउँपालिका-६ स्थित हिमालपारिको गाउँ लिमी भ्यालीमा चिसो अत्यधिक बढेको छ।

    हिमपातसँगै शनिबार बेलुकासम्म लिमीको तापक्रम माइनस १० डिग्री सेल्सियसमा झरेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन्। वडा अध्यक्ष Paljor Tamang का अनुसार बिहीबारसम्म मौसम केही न्यानो भए पनि शुक्रबार दिउँसो वर्षा र बेलुकादेखि सुरु भएको हिमपातपछि चिसो ह्वात्तै बढेको हो।

    लिमीका तीनवटा गाउँमा आधा फिटभन्दा बढी हिउँ जमेको छ। अत्यधिक चिसोका कारण सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत कठिन भइरहेको छ भने गाउँका बस्तीहरू सुनसान देखिन थालेका छन्।

    चिसो बढे पनि चौँरीगाईलाई भने गोठबाहिर निकालिएको छ। बेमौसमी वर्षा र हिमपातले चिसो बढाए पनि किसानहरू भने यसले बाली उत्पादनमा सहयोग पुग्ने अपेक्षामा आशावादी देखिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend