२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • रक्षा बमलाई दोषी मान्नु गलत छ...

रक्षा बमलाई दोषी मान्नु गलत छ : जेन-जी अभियान्ता भावना राउत

रक्षा बमलाई दोषी मान्नु गलत छ : जेन-जी अभियान्ता भावना राउत

सहर्ष न्युज
शुक्रवार, चैत्र ६ २०८२
सहर्ष न्युज
शुक्रवार, चैत्र ६ २०८२
  • काठमाडौँ : जेन-जी अभियान्ता भावना राउतले रक्षा बममाथि लगाइएका आरोपप्रति आक्रोश व्यक्त गरेकी छन्। बमले मागेका न्यायसंगत प्रश्नका लागि उनलाई सडकमा घेरेर ‘तिम्रो हातमा रगत छ’ भन्नु दुस्साहसपूर्ण र अन्यायपूर्ण रहेको उनको भनाई छ।

    बिहीबार माइतीघरमा केही जेन-जी समूहले बमलाई आन्दोलनस्थलमा घेरेर ‘अवसरवादी तन्त्र मुर्दावाद’ नारा लगाएका थिए। उनीहरूले बमले आफूखुशी मन्त्रालय धाएको र जेन-जीको मुद्दामा एक्यबद्धता नदेखाएको भन्दै असन्तोष व्यक्त गरेका थिए।

    राउतले भनेकी छन्, ‘आरोप लगाउन कति सजिलो हुन्छ, तर केवल सरकार बनाउने प्रक्रियामा देखिएको व्यक्तिले सबै नियन्त्रण गर्छ भन्ने ठान्नु गम्भीर भ्रम हो। सत्ता सरल संरचना होइन, न त कुनै एक व्यक्तिको इच्छाले चल्ने व्यवस्था हो।’

    उनले रक्षा बमको सडक रोज्ने निर्णयको प्रशंसा गर्दै भनिन्, ‘हिजो मन्त्री बन्न सक्थिन्, आज सांसद बन्न सक्थिन् तर उनले पद होइन, सडक रोजिन्। सत्ता होइन, न्याय रोजिन्। आज उनलाई सबै कुराको जिम्मेवार ठहर्याउन खोज्नु अन्याय मात्र होइन, हाम्रो लडाइँको दिशा भड्काउने काम हो।’

    राउतले चुनावअघि कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्नेमा ढिलाइ भएको र त्यसमा सहभागी राजनीतिक दबाबले नतिजा प्रभावित भएको दावी पनि गरिन्।

    उनले भनेकी छन् कि रक्षा बम निरन्तर सडकबाट प्रतिवेदन सार्वजनिक गराउन, संविधान जोगाउन र सत्तालाई प्रश्न गर्न सक्रिय छिन्।

    कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिन सुरक्षा र सडक आन्दोलनका सहयात्रीहरू युजन राजभण्डारी, रिजन मगर, रक्षा बम लगाएका व्यक्ति निरन्तर सक्रिय छन्।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend