२०८३ भाद्र २७ गते शनिवार

images

मुआब्जा विवादले रोकियो रेल्वेको काम

मुआब्जा विवादले रोकियो रेल्वेको काम

सहर्ष न्युज
बिहिवार, चैत्र ५ २०८२
सहर्ष न्युज
बिहिवार, चैत्र ५ २०८२
  • महोत्तरी : मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकिएको छ। बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनाको मुआब्जा विवादले  काम रोकिएको हो। 

    भारत सरकारको सहयोगमा भारतको जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ तर मुआब्जा नदिँदा भंगहाबाट बर्दिबाससम्मको काम रोकिएको छ।

    चौध जनालाई सातदेखि आठ करोड रुपैयाँ मुआब्जा तिर्न बाँकी छ। विभागले रकम निकासका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको जनाएको छ। 

    बर्दिबासका पीडितहरूले मुआब्जाका लागि पटकपटक रेल विभागमा धाइराखे पनि मुआब्जा नपाउँदा उनीहरूले यसअघि धेरै पटक काम रोक्ने चेतावनी दिए पनि रेल्वेले सुनुवाई नगरेपछि अन्ततः पीडितहरूले बर्दिबासमा रेल्वे मार्गको निर्माण कार्य रोकेका छन्। रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend