२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • लियोनल मेसीको ऐतिहासिक कीर्तिमान: करियरका ९००...

लियोनल मेसीको ऐतिहासिक कीर्तिमान: करियरका ९०० गोल पूरा

लियोनल मेसीको ऐतिहासिक कीर्तिमान: करियरका ९०० गोल पूरा

सहर्ष न्युज
बिहिवार, चैत्र ५ २०८२
सहर्ष न्युज
बिहिवार, चैत्र ५ २०८२
  • काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले करियरका ९०० गोल पूरा गर्दै विश्व फुटबलमा नयाँ इतिहास रचेका छन् ।

    इन्टर मियामी बाट खेल्दै उनले कन्काकाफ च्याम्पियन्स कप अन्तर्गत न्यासभिल एससी विरुद्ध खेलको सातौं मिनेटमै गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन् ।

    ३८ वर्षीय मेसी ९०० गोलको कीर्तिमान छुने इतिहासकै दोस्रो खेलाडी बनेका छन् । यसअघि यो उपलब्धि क्रिस्टियानो रोनाल्डोले हासिल गरिसकेका छन् ।

    मेसीले आफ्नो करियरमा बार्सिलोना, पेरिस सेन्ट-जर्मेन, अर्जेन्टिना राष्ट्रिय टोली र हाल इन्टर मियामीबाट खेल्दै गोल गरेका छन् ।

    बार्सिलोनाबाट उनले १७ वर्षको अवधिमा ६७२ गोल गरेका थिए भने कुल ७७८ खेल खेलेका थिए । त्यसक्रममा उनले १० ला लिगा, ४ च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका थिए ।

    पछि पेरिस सेन्ट-जर्मेन मा दुई सिजन बिताउँदा उनले ७५ खेलमा ३२ गोल गरेका थिए । त्यहाँ उनले नेयमार र किलियन एमबाप्पेसँग मिलेर आक्रामक ‘ट्रायो’ बनाएका थिए ।

    सन् २०२३ मा इन्टर मियामीमा आबद्ध भएपछि मेसीले ९२ खेलमा ८१ गोल गरिसकेका छन् र टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

    अन्तर्राष्ट्रिय स्तरमा मेसीले अर्जेन्टिनाका लागि १९६ खेलमा ११५ गोल गरेका छन् र टोलीलाई विश्वकप जिताएका छन् ।

    तथ्यांकअनुसार मेसीका ९०० गोलमध्ये ७५५ गोल बायाँ खुट्टाबाट, १११ गोल दायाँ खुट्टाबाट, ३० हेडमार्फत र ४ अन्य तरिकाबाट आएका छन् । उनले ११२ पेनाल्टी र ७० फ्रि–किकबाट गोल गरेका छन् ।

    मेसी र रोनाल्डो मात्र पुरुष फुटबल इतिहासमा ९०० गोल पूरा गर्ने खेलाडी हुन् । ब्राजिलका महान खेलाडी पेले र रोमारियो जस्ता खेलाडीहरू भने यो सूचीभन्दा पछाडि रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend