२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • मध्यपूर्व तनावबीच भारतका दुई एलपीजी बोकेका...

मध्यपूर्व तनावबीच भारतका दुई एलपीजी बोकेका जहाज होर्मुज स्ट्रेट पार, दुई जहाजमा ९३ हजार मेट्रिक टन एलपीजी

मध्यपूर्व तनावबीच भारतका दुई एलपीजी बोकेका जहाज होर्मुज स्ट्रेट पार, दुई जहाजमा ९३ हजार मेट्रिक टन एलपीजी

सहर्ष न्युज
आइतवार, चैत्र १ २०८२
सहर्ष न्युज
आइतवार, चैत्र १ २०८२
  • काठमाडौं : मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीच बढ्दै गएको तनावका बीच भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन्।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार जानकारी दिँदै ‘शिवालिक’ र ‘नन्दा देवी’ नामका दुई जहाज स्ट्रेट पार गरेर भारतका बन्दरगाहतर्फ अघि बढिरहेको बताए।

    उनका अनुसार दुवै जहाजमा करिब ९३ हजार मेट्रिक टनभन्दा बढी तरल पेट्रोलियम ग्यास (एलपीजी) लोड गरिएको छ।

    जयसवालका अनुसार खाडी क्षेत्रमा भारतका अन्य जहाजहरू पनि स्ट्यान्डबाइ अवस्थामा राखिएका छन्। भारतले आफ्नो ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित देशहरूसँग निरन्तर समन्वय गरिरहेको उनले बताए।

    यसअघि इन्धन बोकेर भारततर्फ आउँदै गरेको एक थाई जहाजमा आक्रमण भएको थियो। मध्यपूर्वमा बढ्दो तनावका कारण हालसम्म पाँच भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन्।

    खाडी क्षेत्रबाट इन्धन आयात प्रभावित हुँदा भारतमा तेल र ग्यासको आपूर्तिमा दबाब परेको छ। भारतबाट आयातमा निर्भर नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ र इन्धन आपूर्ति प्रभावित भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend