२०८३ भाद्र २७ गते शनिवार

images

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

सहर्ष न्युज
शुक्रवार, फाल्गुण २९ २०८२
सहर्ष न्युज
शुक्रवार, फाल्गुण २९ २०८२
  • काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। केही समयदेखि अस्वस्थ रहेका उनको गठ्ठाघरस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

    पारिवारिक स्रोतका अनुसार स्वर्गीय मोहनप्रसाद ओलीको पार्थिव शरीरलाई भक्तपुरको गुण्डुस्थित ओली निवासमा ल्याउने तयारी भइरहेको छ। आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने बताइएको छ।

    स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी रहेका छन्। परिवारजन तथा शुभेच्छुकहरूले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend