२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • ७ महिनामा रेमिट्यान्स ३९.८ प्रतिशतले बढ्यो,...

७ महिनामा रेमिट्यान्स ३९.८ प्रतिशतले बढ्यो, माघमा १ खर्ब ९८ अर्ब रुपैयाँ भित्रियो

७ महिनामा रेमिट्यान्स ३९.८ प्रतिशतले बढ्यो, माघमा १ खर्ब ९८ अर्ब रुपैयाँ भित्रियो

सहर्ष न्युज
बिहिवार, फाल्गुण २८ २०८२
सहर्ष न्युज
बिहिवार, फाल्गुण २८ २०८२
  • काठमाडौं ।  आर्थिक वर्ष २०८२/८३ को सात महिनासम्म (माघसम्म) नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ।

    नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, सो अवधिमा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले बढेर १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा मात्र ७.५ प्रतिशतले वृद्धि भएको थियो।

    विशेष गरी माघ महिनामा मात्र विप्रेषण आप्रवाह रु. १ खर्ब ९८ अर्ब ८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको रु. १खर्ब ३७ अर्ब ५० करोडको तुलनामा ठूलो वृद्धि हो। अमेरिकी डलरमा आधारित विप्रेषण आप्रवाह पनि ३३.० प्रतिशतले बढेर ८ अर्ब ८६ करोड पुगेको छ।

    समीक्षा अवधिमा देशमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १३८४ अर्ब २७ करोड पुगेको छ, अघिल्लो वर्षको सोही अवधिमा रु. ९८६ अर्ब ३४ करोड रहेको थियो।

    वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २,४५,१५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २,२७,४२४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा क्रमशः २,७४,६२२ र १,९०,८८६ नेपालीले स्वीकृति पाएका थिए।

    नेपाल राष्ट्र बैंकका अनुसार, प्रत्यक्ष लगानी (इक्विटी मात्र) र अन्य वित्तीय प्रवाहहरू पनि लगातार बढ्दै छन्, जसले देशको विदेशी मुद्रा सञ्चितिमा मजबूती ल्याउने संकेत गर्दछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend