२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • विदेशी विनिमय सञ्चिति २३.२ प्रतिशतले बढ्यो,...

विदेशी विनिमय सञ्चिति २३.२ प्रतिशतले बढ्यो, मुद्रा सञ्चिति ३३ खर्ब ०२ अर्ब नाघ्यो

विदेशी विनिमय सञ्चिति २३.२ प्रतिशतले बढ्यो, मुद्रा सञ्चिति ३३ खर्ब ०२ अर्ब नाघ्यो

सहर्ष न्युज
बिहिवार, फाल्गुण २८ २०८२
सहर्ष न्युज
बिहिवार, फाल्गुण २८ २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा  विदेशी विनिमय सञ्चिति बढेको छ ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार, २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०८२ माघ मसान्तसम्म २३.३ प्रतिशतले वृद्धि भई ३३ खर्ब ०२ अर्ब ६६ करोड पुगेको छ।

    विदेशी मुद्रा अनुसार हेर्दा, अमेरिकी डलरमा सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा १६.७ प्रतिशतले वृद्धि भई २०८२ माघ मसान्तमा २२ अर्ब ७६ करोड पुगेको छ।

    कुल विदेशी विनिमय सञ्चितिमा नेपाल राष्ट्र बैंकमा रहेको अंश २०८२ असारमा रु.२,४१४ अर्ब ६४ करोड रहेकोमा २१.२ प्रतिशतले वृद्धि भई माघमा रु.२,९२६ अर्ब ९९ करोड पुगेको छ।

    बैंक तथा वित्तीय संस्थामा (नेपाल राष्ट्र बैंकबाहेक) रहेको विदेशी विनिमय सञ्चिति २०८२ असारमा रु.२६३ अर्ब ४ करोडबाट ४२.८ प्रतिशत वृद्धि भई रु.३७५ अर्ब ६७ करोड पुगेको छ।

    विशेषत, २०८२ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा २१.५ प्रतिशत रहेको छ।

    विदेशी विनिमय सञ्चितिको पर्याप्तता सूचक अनुसार, आर्थिक वर्ष २०८२/८३ को सात महिनाको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँगको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ।

    साथै, विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र मुद्राप्रदायसँगको अनुपात २०८२ माघमा क्रमशः ५४.१ प्रतिशत, १५०.२ प्रतिशत र ३९.७ प्रतिशत पुगेको छ। यो २०८२ असारमा रहेको ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशतको तुलनामा उल्लेखनीय वृद्धि हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend