२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • सङ्खुवासभाबाट एमालेका अर्जुनकुमार कार्की निर्वाचित, प्रत्यक्षमा...

सङ्खुवासभाबाट एमालेका अर्जुनकुमार कार्की निर्वाचित, प्रत्यक्षमा एमालेको सांसदको संख्या ९ पुग्यो

सङ्खुवासभाबाट एमालेका अर्जुनकुमार कार्की निर्वाचित, प्रत्यक्षमा एमालेको सांसदको संख्या ९ पुग्यो

सहर्ष न्युज
मंगलवार, फाल्गुण २६ २०८२
सहर्ष न्युज
मंगलवार, फाल्गुण २६ २०८२
  • किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का डा. अर्जुनकुमार कार्की विजयी हुनुभएको छ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एमालेका कार्की १५ हजार ६६३ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले १५ हजार मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    जिल्लामा यसपटक एक लाख १९ हजार ६३० मतदाता रहेकामा ६३ हजार ६३४ मत खसेको थियो । बिहीबार भएको निर्वाचनमा एक स्वतन्त्रसहित १६ जना उम्मेदवारी चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend