काठमाडौं । देशभरि प्रत्यक्षतर्फको मतगणनामा अग्रपङ्तिमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक तर्फ पनि छलाङ् मारेको छ । निर्वाचन आयोगका प्रबक्ता नारायण प्रसाद भट्टराईका अनुसार समानुपातिक तर्फको बझाङ र कालिकोटको मत गणना सकिएको छ ।
मतगणना अनुसार रास्वपा अन्य दलको दाँजोमा निकै अगाडि देखिन्छ ।
२३ लाख मत गणना भइसक्दा लगभग १३ लाख मत त रास्वपाले नै ल्याएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले साढे ४ लाखको हाराहारीमा पु¥याएको छ । त्यसपछि क्रमशस् नेकपा एमालेले लगभग साढे ३ लाख, नेपाली कम्युनिस्ट पार्टीले १ लाख ६० हजार नघाएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले लगभग १ लाख पु¥याएको छ भने श्रम संस्कृति पार्टीले ५० हजार कटाएको छ ।
त्यस्तै राष्ट्रिय परिवर्तनशील पार्टीले ३२ हजार, जसपा साढे २१ हजार र नागरिक उन्मुक्ति पार्टीले लगभग १२ हजार मत प्राप्त गरेको छ ।
कुल १ करोड ८९ लाख मतदाता रहेकोमा देशभरि ५८.०७ प्रतिशत मत खसेको आयोगले हिसाब निकालेको छ। त्यो भनेको करिब १ करोड १० लाख हुन आउँछ।
त्यति सबै मत सोमवारसम्म गनिसिध्याउने आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताएका थिए।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जुन-जुन ठाउँमा प्रत्यक्षको मतगणना सकिएका छन् त्यहाँ त्यहाँ समानुपातिकतर्फको मतगणना धमाधम भइरहेको बताए।
'केही दिनभित्र सबै मतपरिणाम दिने लक्ष्य छ। ठ्याक्कै कहिलेसम्म मतपरिणाम आइसक्छ भनेर अहिले यसै भन्न सकिँदैन,' उनले बताए।
कुन-कुन दल बन्छन् राष्ट्रिय दलरु
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ ले राष्ट्रिय दलको मान्यता पाउन दुईवटा स्पष्ट शर्त तोकेको छ।
'प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कम्तीमा १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता पाउने छ,' सो दफामा उल्लेख छ।
यसपालिको निर्वाचनमा खसेको करिब १ करोड १० लाख मतमध्ये बदर भएका मत घटाएर हुन आउने तीन प्रतिशत कटाउन करिब ३ लाख मत देशभरिबाट पाउने र प्रत्यक्षमा कम्तीमा १ सिट जित्ने दलमात्र राष्ट्रिय मान्यता प्राप्त हुने छन्।
'यसपालि कति बदर भए भनेर हिसाब निकालिसकेका छैनौँ। विगतमा त्यही ५र६ प्रतिशत बदर हुने गर्थे,ू सहायक प्रवक्ता जीसीले बताए।
अहिलेको सङ्केत हेर्दा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ सिटहरू जितिसकेका छन् भने श्रम संस्कृति पार्टी तथा राप्रपाले केही सिटमा अग्रता लिएका छन्।
समानुपातिकको प्रारम्भिक हिसाबमा पनि माथि उल्लिखित ६ दलहरू तीन प्रतिशत कटाउने लाइनमा देखिन्छन्।
तीन प्रतिशत कटाउन नसक्ने दलहरूको मत अरूलाई बाँडिने नियम छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० ९११० मा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने
