२०८३ भाद्र २७ गते शनिवार

images

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित

सहर्ष न्युज
शनिवार, फाल्गुण २३ २०८२
सहर्ष न्युज
शनिवार, फाल्गुण २३ २०८२
  • म्याग्दी । म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुन १४ हजार नौ सय ३१ मतान्तरसहित  निर्वाचित हुनुभएको छ । शनिबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

    स्वतन्त्र उम्मेदवार पुनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार नौ सय १९ मत प्राप्त गर्नुभएको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी(केबी)ले ६ हजार ६ सय ७३  मत र नेकपाका अर्जुन थापाले ३ हजार पाँच सय ३० मत  प्राप्त गर्नुभएको छ । मतगणनाको सुरुवाती देखि नै स्वतन्त्र उम्मेदवार पुनले फराकिलो अग्रता कायम गर्दै आउनुभएको थियो ।

    बिजेता पुनले आफ्ना समर्थकहरुलाई विजय उत्सवको आयोजना नगर्न सूचना जारी गर्नुभएको छ । प्रत्यक्ष तर्फको मतगणना सकिएपछि अब केही बेरमा समानुपातिक तर्फको मत गणना थालिने उहाँले बताउनुभयो ।   

    एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend