२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • पूर्वअर्थमन्त्री विष्णु पौडेल माथि रास्वपाका सुलभ...

पूर्वअर्थमन्त्री विष्णु पौडेल माथि रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता, दुई हजारभन्दा बढी मतान्तर

पूर्वअर्थमन्त्री विष्णु पौडेल माथि रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता, दुई हजारभन्दा बढी मतान्तर

सहर्ष न्युज
शुक्रवार, फाल्गुण २२ २०८२
सहर्ष न्युज
शुक्रवार, फाल्गुण २२ २०८२
  • बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर–२ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले अग्रता लिएका छन्। उनले पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई सुरुवातमै फराकिलो मतान्तरले पछि पारेका छन्।

    अहिलेसम्मको मतपरिणामअनुसार खरेलले ४ हजार ७४ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमाले उम्मेदवार पौडेलले ८४५ मत प्राप्त गरेका छन्। उनीहरूलाई नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा (पौडेल) ले ५०४ मतसहित पछ्याइरहेका छन्।

    बुटवल उपमहानगरपालिका–१ बाट गणना गरिएको १ हजार ८६५ मतमध्ये खरेलले १ हजार २९३ मत प्राप्त गरेका छन्। सोही स्थानमा विष्णु पौडेलले २४५ मत पाएका छन् भने कांग्रेसका चुन्नप्रसाद शर्माले १९९ मत प्राप्त गरेका छन्। नेकपाका उम्मेदवार विश्वदीप पाण्डेले ८ मत पाएका छन्।

    त्यसैगरी तिलोत्तमा नगरपालिका–१ मा पनि रास्वपाका खरेलले अग्रता कायम गरेका छन्। उक्त वडाबाट उनले २ हजार ७८१ मत प्राप्त गरेका छन्। त्यहाँ विष्णु पौडेलले ६०९ मत प्राप्त गरेका छन् भने नेकपाका विश्वदीप पाण्डेले ३५ मत पाएका छन्।

    निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार रुपन्देही–२ मा कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन्। मतगणना जारी रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend