२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठको क्लिन स्वीप...

रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठको क्लिन स्वीप !, ९ हजार २ सय १२ मतमध्ये श्रेष्ठको ६ हजार १ सय २७ मत

रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठको क्लिन स्वीप !, ९ हजार २ सय १२ मतमध्ये श्रेष्ठको ६ हजार १ सय २७ मत

सहर्ष न्युज
शुक्रवार, फाल्गुण २२ २०८२
सहर्ष न्युज
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौं : काठमाडौं क्षेत्र नम्बर–८ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठले फराकिलो अग्रता कायम गरेका छन्।

    बिहान ५ बजेसम्मको अद्यावधिक मतपरिणाम अनुसार हालसम्म गणना भएको ९ हजार २ सय १२ मतमध्ये श्रेष्ठले ६ हजार १ सय २७ मत प्राप्त गरेका छन्।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारीले ७ सय ३६ मत प्राप्त गरेकी छन्। श्रेष्ठ र राजभण्डारीबीचको मतान्तर ५ हजारभन्दा बढी रहेको छ।

    त्यसैगरी सुमन सायमी ५ सय ६५ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेका उम्मेदवार राजेश शाक्य ४ सय ३३ मतसहित चौथो स्थानमा रहेका छन्।

    काठमाडौं–८ मा मतगणना जारी रहेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend