२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • स्रोत नखुलेको नगद सहित एक जना...

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

सहर्ष न्युज
मंगलवार, फाल्गुण १९ २०८२
सहर्ष न्युज
मंगलवार, फाल्गुण १९ २०८२
  • सिराहा । लक्ष्मीपुर पतारी गाउँपालिका-३ बाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित बरियारपट्टी गाउँपालिका-२ श्रीपुर टोल बस्ने २५ वर्षीय विजय कुमार साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले बरियारपट्टीबाट धनगढीतर्फ जाँदै गरेको स.७ प ८२९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक विजय कुमारलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend