२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • मध्यपूर्व तनाव पछि इजरायल र युएईका...

मध्यपूर्व तनाव पछि इजरायल र युएईका राष्ट्रप्रमुखसँग मोदीको फोन वार्ता

मध्यपूर्व तनाव पछि इजरायल र युएईका राष्ट्रप्रमुखसँग मोदीको फोन वार्ता

सहर्ष न्युज
सोमवार, फाल्गुण १८ २०८२
सहर्ष न्युज
सोमवार, फाल्गुण १८ २०८२
  • काठमाडौं । भारतका प्रधानमन्त्री मोदीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग फोनमा कुराकानी गरेका छन्।

    इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या र त्यसपछि बढेको तनावबिच उनले कुराकानी गरेका हुन्।

    मोदीले सामाजिक सञ्जालमा नेतान्याहूसँग वर्तमान क्षेत्रीय अवस्थाबारे छलफल भएको बताएका छन्। उनले हालैका घटनाप्रति भारतको चिन्ता व्यक्त गर्दै नागरिकको सुरक्षा सर्वोच्च प्राथमिकता हुनुपर्ने कुरामा जोड दिए। भारतले हिंसालाई सकेसम्म चाँडो रोक्नुपर्ने आवश्यकता दोहोर्‍याएको उनले जानकारी दिएका छन्।

    कुराकानीको मुख्य विषय मध्यपूर्वमा बस्ने भारतीय नागरिकको सुरक्षा र बढ्दो द्वन्द्वको सामना गर्ने तयारीबारे थियो। इरानमा करिब १० हजार, इजरायलमा ४० हजारभन्दा बढी र पश्चिम एसिया तथा खाडी देशहरूमा झन्डै ९० लाख भारतीय बस्छन्।

    त्यस्तै मोदीले युएईका राष्ट्रपतिसँग युएईमा भएको आक्रमणको निन्दा गर्दै त्यहाँ बस्ने भारतीय समुदायको हेरचाह गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिएका थिए।

    अमेरिका र इजरायलले शनिबार इरानमा हमला गरेका थिए। सोही आक्रमणमा इरानका सर्वोच्च नेता खली खामेनी मारिएका थिए। जवाफमा इरानले इजरायलसहित मध्यपूर्वमा रहेका नौ देशमास्थित अमेरिकी सैन्य अड्डामा आक्रमण गरिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend