२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • इरानमाथि अमेरिका–इजरायल आक्रमण : संयुक्त राष्ट्र...

इरानमाथि अमेरिका–इजरायल आक्रमण : संयुक्त राष्ट्र सुरक्षा परिषद्मा चीनको कडा प्रतिक्रिया, गहिरो चिन्ता

इरानमाथि अमेरिका–इजरायल आक्रमण : संयुक्त राष्ट्र सुरक्षा परिषद्मा चीनको कडा प्रतिक्रिया, गहिरो चिन्ता

सहर्ष न्युज
आइतवार, फाल्गुण १७ २०८२
सहर्ष न्युज
आइतवार, फाल्गुण १७ २०८२
  • नागरिक हताहतीप्रति चिन्ता, सैन्य कारबाही तुरुन्त रोक्न आग्रह

    काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकमा चीनले इरानमाथि भएको अमेरिका र इजरायलको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। चीनका स्थायी प्रतिनिधि फु कोङले उक्त आक्रमणले क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन्।

    बैठकमा बोल्दै उनले आक्रमणका कारण नागरिकको मृत्यु भएको रिपोर्टप्रति चिन्ता व्यक्त गरे। उनले बढ्दो हिंसा तत्काल अन्त्य गर्न र सबै प्रकारका सैन्य कारबाही रोक्न सम्बन्धित पक्षहरूलाई आह्वान गरे।

    ‘सशस्त्र द्वन्द्वका क्रममा नागरिकहरूको सुरक्षाको सीमा कहिल्यै पार गर्नु हुँदैन। अन्धाधुन्ध बल प्रयोग पूर्ण रूपमा अस्वीकार्य छ,’ फु कोङले भने।

    उनले सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुन तथा मानवीय कानुनअन्तर्गत आफ्नो दायित्व पूरा गर्न आग्रह गरे। साथै, मध्यपूर्व क्षेत्रमा छिटोभन्दा छिटो शान्ति र स्थायित्व स्थापना गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न तयार रहेको उनले स्पष्ट पारे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend