२०८३ श्रावण १२ गते मंगलवार

images
  • समाचार
  • ‘द केरला स्टोरी २’ प्रदर्शनमा अदालतले...

‘द केरला स्टोरी २’ प्रदर्शनमा अदालतले रोक लगायो

‘द केरला स्टोरी २’ प्रदर्शनमा अदालतले रोक लगायो

सहर्ष न्युज
शुक्रवार, फाल्गुण १५ २०८२
सहर्ष न्युज
शुक्रवार, फाल्गुण १५ २०८२
  • काठमाडौँ : भारतको केरल उच्च अदालतले फिल्म 'द केरला स्टोरी २' को प्रदर्शनमा रोक लगाएको छ। अदालतले सेन्सर प्रमाणपत्रसम्बन्धी उठेका प्रश्नहरूलाई ध्यानमा राख्दै फिल्मको पुनः समीक्षा गर्न फिल्म प्रमाणन बोर्डलाई निर्देशन दिएको छ।  

    यो फिल्म २७ फेब्रुअरी अर्थात आज (शुक्रबार) प्रदर्शन हुने भनिएको थियो। तर, केही व्यक्तिले फिल्मको शीर्षक र कथावस्तुले केरला राज्यको छवि नकारात्मक रूपमा प्रस्तुत गर्न सक्ने भन्दै निवेदन दिएका थिए। निवेदकहरूका अनुसार फिल्ममा जबर्जस्ती धर्म परिवर्तन र आतंकवादजस्ता संवेदनशील विषयवस्तु समावेश गरिएकाले यसले समाजमा गलत सन्देश दिन सक्छ।  

    सुनुवाइका क्रममा अदालतले केरला राज्यमा सामाजिक सद्भाव कायम रहेको उल्लेख गर्दै फिल्मले सम्पूर्ण राज्यलाई गलत रूपमा चित्रण गरेको जस्तो देखिएको टिप्पणी गरेको थियो। अदालतले फिल्म हेरेर निर्णय गर्ने संकेत दिएको भए पनि निर्माता पक्षले प्रि–स्क्रिनिङ गराउन अस्वीकार गरेको बताइएको छ।  

    निर्माता विपुल शाहले फिल्मको शीर्षक परिवर्तन गर्न अस्वीकार गरेका छन्। उनका अनुसार फिल्म तीन फरक–फरक राज्यका कथामा आधारित छ र शीर्षकमा रहेको 'गोज बियोन्ड' ले कथा केवल केरलासम्म सीमित नभएको जनाउँछ।हाल केरला उच्च अदालतमा दायर तीनवटा निवेदनमाथि सुनुवाइ जारी छ। जसमा फिल्मको प्रदर्शन रोक्न र फिल्म प्रमाणन बोर्डद्वारा जारी गरिएको प्रमाणपत्र खारेज गर्न माग गरिएको छ।  

    फिल्ममा उल्का गुप्ता, अदिति भाटिया र ऐश्वर्या ओझा मुख्य भूमिकामा देखिनेछन्। यो फिल्म सन् २०२३ मा प्रदर्शन भएको 'द केरला स्टोर' को सिक्वेल हो। उक्त फिल्म 'लभ जिहाद' मा केन्द्रीत थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend