काठमाडौं । बालेन शाह रमजानको पूर्वसन्ध्यामा आयोजित इफ्तार (भोज) कार्यक्रममा सहभागी भएका छन्।
झापा–५ को चुनावी प्रचारमा रहेका साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद असिफ र उनका दाजु आसिफ साहको निमन्त्रणामा कमलपोखरीस्थित निवासमा पुगेका हुन्।
साह परिवारको निवासमा राति आयोजित उक्त इफ्तार भोजमा बालेनसहित उनको टोलीका निकट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा फिल्म निर्देशक निश्चल बस्नेत, उनका सहयोगी कुमार व्यञ्जनकारलगायत सहभागी भएका थिए।
चुनावी प्रचारका बीच आयोजित उक्त भेटघाटलाई सामाजिक सद्भाव र आपसी सम्बन्ध सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ।
