२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • नयाँ कृषि सहकारी ठगी प्रकरणमा रास्वपाका...

नयाँ कृषि सहकारी ठगी प्रकरणमा रास्वपाका डिपी अर्याल र कविन्द्र बुर्लाकोटीविरुद्ध सिआइबीमा जाहेरी !

नयाँ कृषि सहकारी ठगी प्रकरणमा रास्वपाका डिपी अर्याल र कविन्द्र बुर्लाकोटीविरुद्ध सिआइबीमा जाहेरी !

सहर्ष न्युज
शुक्रवार, फाल्गुण १५ २०८२
सहर्ष न्युज
शुक्रवार, फाल्गुण १५ २०८२
  • काठमाडौं । नयाँ कृषि सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा जाहेरी परेको छ।

    सहकारीका बचतकर्ताहरुले लाखौं रुपैयाँ अपचलन भएको आरोप लगाउँदै उनीहरुविरुद्ध उजुरी दर्ता गराएका हुन्। पीडित पक्षले डिपी अर्याल र कविन्द्र बुर्लाकोटीसहित संलग्न व्यक्तिहरूलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान अगाडि बढाउन माग गरेका छन्।

    उक्त सहकारी ठगी प्रकरणमा यसअघि आधा दर्जन सहकारी ठगी गरेर फरार रहेका जिबी राईसमेत जोडिएको बताइएको छ। सहकारीमा जिबी राई अध्यक्ष, डिपी अर्याल उपाध्यक्ष र कविन्द्र बुर्लाकोटी सञ्चालक रहेका थिए।

    यसअघि सिआइबीले सोही प्रकरणमा तीन जनालाई पक्राउ गरेको थियो। तर, जिल्ला सरकारी वकिल कार्यालयले ती तीनै जनाविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको स्रोतले जनाएको छ।

    उल्लेखनीय छ कि डिपी अर्याल आउँदो फागुन २१ गते हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट उम्मेदवार रहेका छन्।

    यता, सिआइबीले भने यस विषयमा जाहेरी परेको जानकारी आफूलाई नभएको जनाएको छ। “त्यस्तो जाहेरी परेको मेरो नोटिसमा छैन। के रहेछ, बुझ्छु,” सिआइबी स्रोतले प्रतिक्रिया दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend