काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टी नेतृत्वको सरकार बनेपछि सुशासनको नयाँ जग बसाल्ने बताएका छन्। गोरखा पुगेका सभापति लामिछानेले चुनावी सभालाई सम्बोधन गर्दै पाँच वर्षको स्थायी सरकार दिन आह्वान गरे।
उनले वर्षौँदेखि मिलेर बसेकाहरुबीच धर्म, जात, समुदाय, सम्प्रदायका नाममा राजनीतिक रङ ओडेर खेल्न खोज्नेदेखि सचेत रहन आग्रह गरे।
उनले आउने २१ गते भोट खसाल्ने मात्रै नभई इतिहास लेख्ने दिन भएको बताए। उनले गोरखा १ बाट सुधन गुरुङ र २ बाट कविन्द्र बुर्लाकोटीलाई जिताएर पठाउन आग्रह गरे।
उनले भने, ‘सुधन गुरुङ सदन जाला भनेर भ्रष्टाचारीहरूको अहिलेदेखि नै जिउ कामेको छ, शरीर कामेको छ। तर हामी सुधन गुरुङलाई यसपटक सदन लिएरै जान्छौँ।’
